सोमबार, असार २,२०८२ 04:54:30
  • सोमबार, असार २,२०८२ 04:54:30
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको छ ।  

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरुबाट  समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको  थियो ।  

निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ ।  

सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार  ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.