सोमबार, जेष्ठ ४,२०८३ 08:17:46
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:17:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नारायणी डेभलपमेन्ट बैंकको बढ्दो सेयरमूल्यका कारण संस्थापक झनै मारमा, सयको सेयरमा ५० रुपैयाँ कर !

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको बढ्दो सेयरमूल्यका कारण संस्थापक झनै मारमा, सयको सेयरमा ५० रुपैयाँ कर !
Shivam Cement

काठमाण्डौ । दोस्रो बजारमा सेयरको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्ने गर्छ । बजारमा कम आपूर्ति भएका केही कम्पनीका सेयर खेलाडीले कर्नरिङ गरेर दैनिक उकासेका उदाहरण पनि देख्न पाइन्छ । यसको पछिल्लो उदाहरण नारायणी डेभलपमेन्ट बैंक बनेको छ ।  

बैंकको सेयरमूल्य गत पुस २९ गते प्रतिकित्ता ९ सय रुपैयाँ हाराहारीमा थियो । तर २ महिनाको अन्तरालमा नै बैंकको सेयर भाउ दैनिक सर्किट लागेर २ हजार नजिक पुगेको छ । दोस्रो बजारका लगानीकर्ताहरुलाई मालामाल बनाएको यो कम्पनीले संस्थापकलाई भने झनै समस्यामा पारेको छ । हाल राम्रै बैंक तथा वित्तीय क्षेत्रका संस्थापक सेयरको भाउ ९० रुपैयाँमा बेच्न पनि हम्मेहम्मे परिरहेको अवस्था छ ।  

धितोपत्र नियमावली २०६८, अनुुसार संस्थापक सेयरको करसम्बन्धी नियमअनुसार आधार मूल्य मान्दा दोस्रो बजारमा कारोबार भएको मूल्यको पचास प्रतिशतको मूल्यलाई आधार मान्नुपर्ने वा नेटवर्थको पाँच गुणा आधार मान्नु पर्ने व्यवस्था रहेको छ । यसमा यदि नेटवर्थ नेगेटिभ भएमा दोस्रो बजारको मूल्यलाई नै आधार मूल्य मान्नु पर्ने व्यवस्था रहेको छ ।  

Bizshala
New Office
CG Motors

यसकारण नारायणी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीहरुले दोस्रो बजारको मूल्य अनुसार ९५० रुपैयाँको पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । जुन भनेको प्रतिसेयर नै  ५० रुपैयाँ बराबर पर्न जान्छ । आज नेपाल स्टक एक्सचेञ्जमा भेटिएका यस बैंकका एक संस्थापक लगानीकर्ताले गुनासो गर्दै भने, ‘३  महिनामा कम्पनीको सेयर भाउ ३ गुणा बढिसक्यो । तर संस्थापक सेयर होल्डरलाई भने झनै पुर्पुरोमा हात भयो ।’ उनले थप्दै भने, ‘बैंकको सेयर हाईड्रो कम्पनी जसरी नै सर्वसाधारणमा परिणत गरेर बेच्न पनि मिल्दैन । आफै ग्राहक खोजेर ९० रुपैयाँ भन्दा तल बेच्नुपर्ने हुन्छ । तर कर भने बजार मूल्यको आधारमा तिर्नुपर्ने हुन्छ ।’

Garima Development Bank
Shivam Cement
IME remit

नेप्सेका एक अधिकारीले यो नियम २०६८ सालमा बनेका कारण समयाकुल परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘तर अर्थ मन्त्रालयले यसमा ध्यान नदिदा संस्थापक लगानीकर्ता मारमा पर्दै आएका छन् । हामीले सीताराम थपलिया सीईओ हुँदादेखि नै भनेको हो । तर नियममा कुनै परिमार्जन हुन सकेको छैन । हामीले तलमाथि गरेमा महालेखाले समात्न सक्छ,’ उनले भने ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.