सोमबार, असार २,२०८२ 12:56:04
  • सोमबार, असार २,२०८२ 12:56:04
Global IME Bank Limited

नमस्ते पे मा क्यासब्याक नै क्यासब्याक को बहार

Hyundai Nepal
नमस्ते पे मा क्यासब्याक नै क्यासब्याक को बहार
Nabil Bank Limited

काठमाण्डौ । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलिएत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३१ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम, एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक, उडान टिकट खरिद गर्दा यात्रुहरूले प्रत्येक टिकटमा रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने नेपाल विद्युत प्राधिकरण बिल भुक्तानीमा कुनै सेवा शुल्क लाग्ने छैन ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताहरूलाई थप प्रोत्साहन गर्न, नमस्ते पे ले विशेष क्यासब्याक अफरहरू ल्याएको छ । पहिलो पटक उडान टिकट बुक गर्ने प्रयोगकर्ताहरूले रु ३०० को क्यासब्याक प्राप्त गर्नेछन् भने पहिलो पटक रिचार्ज गर्ने वा बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत रु ५० सम्मको क्यासब्याक प्राप्त सक्नेछन् ।

यसका साथै, नमस्ते पे ले फ्ल्यास अफर सुरु गरेको छ । जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक टप(अप र इन्टरनेट बिल भुक्तानीमा मा १० प्रतिशत रु ५० सम्मको क्यासब्याक साथै नेपाल विद्युत प्राधिकरण बिल भुक्तानीमा ५ प्रतिशत रु ५० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । 

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.