आईतवार, असार १,२०८२ 11:41:04
  • आईतवार, असार १,२०८२ 11:41:04
Global IME Bank Limited

चालु वर्षको ८ महिनामा बैंकहरुको नाफा: नविल, ग्लोबल र इन्भेष्टमेन्ट मेगाबीच कडा टक्कर

Hyundai Nepal
चालु वर्षको ८ महिनामा बैंकहरुको नाफा: नविल, ग्लोबल र इन्भेष्टमेन्ट मेगाबीच कडा टक्कर
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा केही वाणिज्य बैंकहरुबीच नाफामा कडा टक्कर देखिएको छ।  

नेपाल राष्ट्रबैंकले केहीबेरअघि प्रकाशित गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार नाफा आर्जनमा नविल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच कडा टक्कर देखिएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 ८ महिनाको अवधिमा नवील बैंकले सबैभन्दा धेरै ४ अर्ब ७८ करोड नाफा आर्जन गरेको छ । नविललाई पछ्याउँदै ग्लोबल आईएमई बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ ।  

तेश्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसको नाफा ४ अर्ब ८ करोड रहेको छ ।  

नाफाको हिसाबले चौथो नम्बरमा एभरेष्ट बैंक रहेको छ । यो बैंकको नाफा ३ अर्ब रुपैयाँ रहेको छ ।  

नेपाल बैंकले २ अर्ब ९८ करोड नाफा कमाउँदा, एनएमबि बैंकले २ अर्ब ७१ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब १७ करोड र प्रभू बैंकले २ अर्ब ११ करोड नाफा कमाएका छन् । 

लक्ष्मी सनराइज बैंकले यो अवधिमा १ अर्ब ९९ करोड, राष्टिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड, सानिमा बैंकले १ अर्ब ६८ करोड, हिमालयन बैंकले १ अर्ब ६६ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २४ करोड, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले समान १ अर्ब १६ करोड, कुमारी बैंकले ९६ करोड ९० लाख, एनआईसी एशिया बैंकले ८१ करोड १९ लाख र कृषि विकास बैंकले ७३ करोड ८० लाख नाफा आर्जन गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.