बुधबार, असार १७,२०८३ 12:55:05
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:55:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्षलाई राष्ट्र बैंकले गरायो सचेत, यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्षलाई राष्ट्र बैंकले गरायो सचेत, यस्तो छ कारण

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकाललाई राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्रद्वारा जारी व्यवस्था उल्लंघन गरेकाले ढकाललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा(२)को खण्ड(क)बमोजिम सचेत गराइएको हो ।  

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको अध्यक्ष ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएकाले उनलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको ‘सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप-समितिमा समावेश हुन पाउने छैन’ भन्ने व्यवस्था रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

ढकालले आफ्नो व्यक्तिगत कारणवस बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै गत फगुनमा राजिनामा दिएका थिए । उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनी २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट चार वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई २०८० पुस २८ गतेको सञ्चालक समितिको ३१५ औं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट भएका थिए ।  

गत फागुन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खिम प्रकाश मल्ललाई बाँकी कार्यकालका लागि नयाँ अध्यक्ष नियुक्त गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.