शनिबार, जेष्ठ २,२०८३ 07:32:11
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:32:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पहलगाम हमलाबारे मोदीले भने, ‘आतंकवादीलाई कल्पनाभन्दा पनि ठूलो सजाय हुनेछ’

Laxmi Sunrise Bank Limited
पहलगाम हमलाबारे मोदीले भने, ‘आतंकवादीलाई कल्पनाभन्दा पनि ठूलो सजाय हुनेछ’
Shivam Cement

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको पहलगाममा चरमपन्थी हमला गराउने आतंककारीलाई सोचेभन्दा ठूलो सजाय हुने बताएका छन् । मंगलबार भएको हमलापछि बिहारको मधुबनीमा बिहीबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुर्दै मोदीले यस्तो बताएका हुन् ।  

‘आक्रमण गराउने आतंककारीलाई सोचेभन्दा ठूलो सजाय हुनेछ,’ उनले भने । मधुबनीमा राष्ट्रिय पञ्चायती राज दिवस कार्यक्रममा सम्बोधन गर्नुअघि प्रधानमन्त्री मोदीले आक्रमणमा मारिएकाहरूप्रति दुई मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनले भने, ‘आज बिहारको माटोबाट म सारा विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंकवादी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ, पत्ता लगाउने र सजाय दिनेछ। हामी उनीहरूलाई पृथ्वीको अन्तिम कुनासम्म पनि छोड्ने छैनौं। आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन।’

Bizshala
New Office
CG Motors

यस्तै उनले आतंकवादलाई दण्डित गर्न नछोडिने बताए। ‘न्यायका लागि जति प्रयास गर्नुपर्छ, त्यो पूरा हुनेछ । यो संकल्पमा सिंगो देश एकजुट छ । मानवतामा विश्वास गर्ने हरेक व्यक्ति हामीसँग छन् । म विभिन्न देशहरू र तिनीहरूका मानिसहरूलाई धन्यवाद दिन्छु जो हाम्रो साथमा छन्,’ उनले भने, ‘आतंकवादीहरूले निर्दोष देशबासीको ज्यान लिएको निर्ममताले सिंगो देश दुखी छ। यो आतङ्ककारी हमलामा कसैले छोरा गुमायो, कसैले भाइ गुमायो र कसैले आफ्नो जीवनसाथी गुमायो। सिङ्गो देश पीडितको साथमा छ।’

यसअघि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.