काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आगामी रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
सभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले गत वैशाख ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।