शुक्रबार, बैशाख १९,२०८२ 10:47:45
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 10:47:45
IME remit
Global IME Bank Limited

प्रक्रिया मिचेर हतारो नगर्न सुझाव आएपछि गभर्नर नियुक्ति अर्को साता, सिफारिस समितिले कसको नाम पठाउँदैछ ?

Hyundai Nepal
प्रक्रिया मिचेर हतारो नगर्न सुझाव आएपछि गभर्नर नियुक्ति अर्को साता, सिफारिस समितिले कसको नाम पठाउँदैछ ?
Nabil Bank Limited

काठमाण्डौ । कानूनी व्यवधान र पब्लिकको विरोध हुने देखिएपछि सकेसम्म प्रक्रिया मिलाउने सहमति भएसँगै नेपाल राष्ट्रबैंकको १८ औं गभर्नरको नियुक्ति अर्को साता मात्र हुने भएको छ ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदको दुवै सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको ब्रिफिङका क्रममा गभर्नर सिफारिस समितिका सदस्यहरुलाई पनि बोलाएका थिए । सो क्रममा दुई दलका शीर्ष नेताहरुले मात्र सहमति गरेर गभर्नर नियुक्ति गर्दा व्यापक विरोध हुने र जनमानसमा गलत सन्देश जाने देखिएपछि न्यूनतम प्रक्रिया पूरा गरेर मात्र अगाडि बढ्दा उचित हुने सुझावहरु आएका बताएका हुन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अर्थमन्त्रालयस्थित स्रोतका अनुसार शुक्रबार नै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गरिएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई आधिकारिक चिठी समेत हस्तान्तरण गरे ।  

अर्थमन्त्रीले आजको छलफलमा सकेसम्म आज(शुक्रबार) साँझ नै सिफारिस समितिको बैठक बस्ने, नभ्याएको खण्डमा आइतबार बसेर तीनजनाको नाम सिफारिस गर्ने संकेत गरेका छन् ।  

यसअघि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरको नियुक्ति शुक्रबार नै गरिसक्ने सहमति थियो । नियुक्तिको निर्णय गराउनुअघि बिहीबार सभापति देउवाले कानूनमन्त्री अजयकुमार चौरसिया लगायतलाई बुढानिलकण्ठस्थित निवासमै बोलाएर डा. भट्टलाई शुक्रबार नै गभर्नर नियुक्त गर्न खोजिएको र यसो गर्दा आइपर्ने कानूनी व्यवधानको विषयमा सोधेका थिए । सो क्रममा मन्त्री तथा मन्त्रालयका सचिवले न्यूनतम प्रक्रियाहरु मिचेर गभर्नर नियुक्त गर्दा पब्लिकमा गलत सन्देश जाने र एकदुई दिन ढिला भए पनि प्रक्रिया मिलाएरै अगाडि बढ्दा उचित हुने सुझाव दिएका थिए । कानूनमन्त्रीको यही सुझावका आधारमा देउवा र ओलीबीच टेलिफोन वार्ता भई गभर्नर नियुक्तिमा हतारो नगर्ने सहमति बनेको हुनसक्ने स्रोतको दाबी छ । ‘यहीकारण शुक्रबार नै हुने भनिएको नियुक्ति फेरि अर्को साताका लागि सरेको जस्तो देखिन्छ।’ स्रोतले भन्यो–‘सम्भवतः आगामी सोमबारको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्तिको निर्णय लिनेछ ।’  

उच्च स्रोतहरुका अनुसार गभर्नरका लागि सिफारिस हुन लागेका तीन नामहरुमध्ये पहिलो नाम डा. गुणाकर भट्टको रहनेछ । दुई डेपुटी गभर्नरमध्येबाट एकजनाको नाम सिफारिस गर्ने तयारी गरिएको छ भने राष्ट्रबैंक बाहिरबाट ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुनसक्ने सम्भावना छ । तर ढुंगानाले भने पहिलादेखि नै आफूलाई गभर्नर नबनाउने हो भने तीन नाममा समेत नराख्न भन्दै आएका छन् ।  

Muktinath Bikas Bank Limited

सिफारिस समितिले अघिल्लो दिन तीनवटा नाम बुझाउने र त्यसमध्येबाट एकजनालाई सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद बैठकले गभर्नरमा नियुक्त गर्नेछ ।  

सत्तारुढ दलका शीर्ष नेताहरुबीच राष्ट्रबैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने समझदारी भएको बिषय बाहिरिइसकेको छ । तर, अन्तिम अवस्थासम्म पनि कानूनी व्यवधान भोग्ने सम्भावनाहरुलाई देखाएर तथा कुरा बुझाएर डा. भट्टको नामलाई रोक्ने प्रयासहरु पनि जारी नै रहेका छन् ।

केही समूह गभर्नरमा भट्टको नियुक्तिलाई कानूनी चुनौति दिन योजना बनाएर तयारीका साथ बसिसकेका छन् । यसले गभर्नर नियुक्तिको निर्णय भए पनि कानूनी उल्झनहरु आउनसक्ने सम्भावना देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.