बुधबार, असार ४,२०८२ 02:16:00
  • बुधबार, असार ४,२०८२ 02:16:00
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२३.३८ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता समग्रमा ३४.१९ अंकले बजार घट्यो ।  

अघिल्लो साता पनि बजार ६४.७१ अंकले घटेको थियो । यो साता ४ दिनको कारोबारमा ३६ अर्ब ७३ करोडको कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा ४० अर्ब ९८ करोडको सेयर कारोबार भएको थियो  । यो साता बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब रहेको थियो । यस हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ५७ अर्बले घट्यो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

डबल बटम प्याटर्न  

डबल बटम प्याटर्न भनेको बुलिस रिभर्सल प्याटर्न भन्ने बुझिन्छ । घट्दो बजारमा डबल बटम प्याटर्न बनेमा बजार माथि जाने र बढ्दो बजारमा डबम टप प्याटर्न बनेमा बजार तल जाने अर्थ लाग्छ । नेप्सेको पछिल्लो चार्टमा डबल बटम प्यार्टन बनाउँदै गरेको देखिन्छ । तर यसको निश्चिता हुन भने हालको बजार २५८० भन्दा माथिबाट नै फर्कनु पर्ने हुन्छ ।  

किनकी २९२९ विन्दुबाट खसेको बजारले पहिलो बटम २५८० मा बनाएको छ । त्यसपछि २७२० मा नेक लाइन बनाएको छ भने त्यसपछि करेक्सन आएर बजार यो साता २६२३ विन्दुमा बन्द भएको छ । यदि बजार अब यहि विन्दु वा अझै केही अंक करेक्नस भएर फर्किन्छ भने त्यो डबल बटम निश्चित हुने छ । तर बजार २५८० विन्दु भन्दा तल गएको खण्डमा भने बजारले नयाँ लोअर लो बनाएको मानिन्छ ।  

माथि मूख्य तस्बिरमा  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजार तल्लो ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी केही बढ्दो देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम लामा–लामा हुँदै गएका छन् । आरएसआई ३७ को तहमा पुगेको देखिन्छ । यस हिसाबले इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ । माथि उल्लेखित विभिन्न इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा कुनै निश्चित बुलिस रिभर्सल प्याटर्न बनेको देखिदैन ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८०२

प्रतिरोध २ – २७६७

प्रतिरोध १–  २७१२

पिभट् प्वइन्टः २६७५

घटेमा सपोर्ट  

सपोर्ट १– २६२३

सपोर्ट २– २५८६

सपोर्ट  ३ –२५३३

निष्कर्षः यो साता सेयर बजारमा करिब ३४ अंकको गिरावट आयो । अघिल्लो साता पनि बजार ६४ अंकले घटेको थियो । प्राविधिक रुपमा हालको बजारले २०० दिने मूभिङ एभरेजमा सपोर्ट लिएको छ । क्याण्डल स्टिकबाट नियाल्दा २९२९ विन्दुबाट खसेको बजारले पछिल्लो पटकको २५८० विन्दुमा पहिलो बटम र त्यसपछि २७२० मा नेक लाइन बनाएको देखिन्छ । त्यहाँबाट पनि तल खसेको बजारले २५८० भन्दा माथबाट फर्केर २७०० माथि बन्द भएको खण्डमा खण्डमा डबल बटम प्याटर्न बन्न सक्छ ।  

जुन भनेको बुलिस रिभर्सल प्याटर्न हो । प्राविधिक रुपमा हालको बजारले एउटा रिभर्सल प्याटर्न बनाउँदै गरेको तर निश्चित भने भईसकेको अवस्था छैन । यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ । तर अघिल्लो साता भन्दा घट्ने क्रम भने रोकिएको छ । कारोबार तथा भोल्युमबाट हेर्दा बजारको अवस्था सन्तोषजनक नै छ । क्षेत्रगत रुपमा नियाल्दा यो साता जलविद्युत, कारोबार र सामूहिक लगानीकोष बाहेक सबै क्षेत्रमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.