मंगलवार, असार १६,२०८३ 11:03:54
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:03:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत

Laxmi Sunrise Bank Limited
नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२३.३८ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता समग्रमा ३४.१९ अंकले बजार घट्यो ।  

अघिल्लो साता पनि बजार ६४.७१ अंकले घटेको थियो । यो साता ४ दिनको कारोबारमा ३६ अर्ब ७३ करोडको कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा ४० अर्ब ९८ करोडको सेयर कारोबार भएको थियो  । यो साता बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब रहेको थियो । यस हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ५७ अर्बले घट्यो ।

New Office
CG Motors
Garima Development Bank

प्राविधिक पक्षः  

डबल बटम प्याटर्न  

डबल बटम प्याटर्न भनेको बुलिस रिभर्सल प्याटर्न भन्ने बुझिन्छ । घट्दो बजारमा डबल बटम प्याटर्न बनेमा बजार माथि जाने र बढ्दो बजारमा डबम टप प्याटर्न बनेमा बजार तल जाने अर्थ लाग्छ । नेप्सेको पछिल्लो चार्टमा डबल बटम प्यार्टन बनाउँदै गरेको देखिन्छ । तर यसको निश्चिता हुन भने हालको बजार २५८० भन्दा माथिबाट नै फर्कनु पर्ने हुन्छ ।  

किनकी २९२९ विन्दुबाट खसेको बजारले पहिलो बटम २५८० मा बनाएको छ । त्यसपछि २७२० मा नेक लाइन बनाएको छ भने त्यसपछि करेक्सन आएर बजार यो साता २६२३ विन्दुमा बन्द भएको छ । यदि बजार अब यहि विन्दु वा अझै केही अंक करेक्नस भएर फर्किन्छ भने त्यो डबल बटम निश्चित हुने छ । तर बजार २५८० विन्दु भन्दा तल गएको खण्डमा भने बजारले नयाँ लोअर लो बनाएको मानिन्छ ।  

माथि मूख्य तस्बिरमा  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजार तल्लो ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी केही बढ्दो देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम लामा–लामा हुँदै गएका छन् । आरएसआई ३७ को तहमा पुगेको देखिन्छ । यस हिसाबले इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ । माथि उल्लेखित विभिन्न इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा कुनै निश्चित बुलिस रिभर्सल प्याटर्न बनेको देखिदैन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८०२

प्रतिरोध २ – २७६७

प्रतिरोध १–  २७१२

पिभट् प्वइन्टः २६७५

घटेमा सपोर्ट  

सपोर्ट १– २६२३

सपोर्ट २– २५८६

सपोर्ट  ३ –२५३३

निष्कर्षः यो साता सेयर बजारमा करिब ३४ अंकको गिरावट आयो । अघिल्लो साता पनि बजार ६४ अंकले घटेको थियो । प्राविधिक रुपमा हालको बजारले २०० दिने मूभिङ एभरेजमा सपोर्ट लिएको छ । क्याण्डल स्टिकबाट नियाल्दा २९२९ विन्दुबाट खसेको बजारले पछिल्लो पटकको २५८० विन्दुमा पहिलो बटम र त्यसपछि २७२० मा नेक लाइन बनाएको देखिन्छ । त्यहाँबाट पनि तल खसेको बजारले २५८० भन्दा माथबाट फर्केर २७०० माथि बन्द भएको खण्डमा खण्डमा डबल बटम प्याटर्न बन्न सक्छ ।  

जुन भनेको बुलिस रिभर्सल प्याटर्न हो । प्राविधिक रुपमा हालको बजारले एउटा रिभर्सल प्याटर्न बनाउँदै गरेको तर निश्चित भने भईसकेको अवस्था छैन । यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ । तर अघिल्लो साता भन्दा घट्ने क्रम भने रोकिएको छ । कारोबार तथा भोल्युमबाट हेर्दा बजारको अवस्था सन्तोषजनक नै छ । क्षेत्रगत रुपमा नियाल्दा यो साता जलविद्युत, कारोबार र सामूहिक लगानीकोष बाहेक सबै क्षेत्रमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.