शनिबार, बैशाख २०,२०८२ 02:05:24
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 02:05:24
IME remit
Global IME Bank Limited

बीमा कम्पनीहरुको साधारण सभामा ढिलाई, अधिकांश बीमक नेप्सेको ‘जेड’ वर्गमा पर्ने पक्का

Hyundai Nepal
बीमा कम्पनीहरुको साधारण सभामा ढिलाई, अधिकांश बीमक नेप्सेको ‘जेड’ वर्गमा पर्ने पक्का
Nabil Bank Limited

काठमाण्डौ । समयमै वार्षिक साधारण सभा गर्न नसक्ने कम्पनीहरुको सूचीमा अधिकांश बीमा कम्पनी पर्दछन् । चालु आव सकिनै लाग्दा समेत अझैसम्म अधिकांश बीमकले गत आवको वार्षिक प्रतिवेदन पारित गर्न साधारण सभा गर्न सकेका छैनन् ।  

यसकारण नेप्सेले सूचीकृत कम्पनीहरुको गर्ने वर्गिकरणमा अधिकांश बीमा कम्पनी तल्लो वर्गमा छन् । नेप्सेले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, लाभांश वितरण, चुक्तापूँजीको अवस्था र साधारण सभा समयमा नै गरे÷नगरेको अवस्था हेरेर ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी कुल चार वर्गमा विभाजन गर्ने गर्दछ ।  

आव २०८०/८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार सूचीकृत कम्पनीहरुको वर्गिकरण गरिएकोमा १९ बीमा कम्पनी ‘जेड’ वर्गमा परेका थिए । अधिकांश बीमा कम्पनीले लगातार नाफामा रहेर १० प्रतिशत दरले लाभांश वितरण नगरेको र समयमा नै साधारण सभा गर्न नसकेका कारण नेप्सेले १९ बीमकलाई जेड वर्गमा राखेको थियो ।  

नेप्सेले आव २०८१/८२ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्न बाँकी छ । तर हालसम्म पनि दुई दर्जन भन्दा बढी बीमकले समयमा नै साधारण सभा गर्न सकेका छैनन् । यसपटक पनि अधिकांश बीमकहरु नेप्सेको जेड वर्गमा नै पर्ने देखिन्छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

एक दर्जन बीमा कम्पनीले मात्रै समयमै साधारण सभा सम्पन्न गरेका छन् । जसमा पाँच जीवन बीमा कम्पनी, ६ निर्जीवन बीमा कम्पनी र एक लघुबीमक छन् ।  

जीवन बीमातर्फ नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, सुर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र गार्डियन माइक्रो लाइफ छन् भने निर्जीवनतर्फ शिखर, नेपाल, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, सानिमा जिआइसी र आइजीआई प्रुडेन्सियलले मात्रै समयमै साधारण सभा सकाएका छन् ।  

नेपालमा जीवन, निर्जीवन, लघु र पुनर्बीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् । अझैपनि २५ बीमा कम्पनीले साधारण सभा गर्न बाँकी छ । यसर्थमा पनि अधिकांश बीमा कम्पनीहरु पुनः नेप्सेको जेड वर्गमा पर्ने निश्चित छ ।  

कम्पनी ऐन, २०६३ अनुसार आव सकिएको ६ महिनाभित्र साधारण सभा डाक्नुपर्ने प्रावधान छ । तर अधिकांश बीमकहरुले समयमा नै साधारण सभा नसक्दा कम्पनीको वित्तीय सुशासनमाथि नै प्रश्न उठ्न थालेको छ ।  

Muktinath Bikas Bank Limited

यता बीमकहरुले भने वार्षिक वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाटै स्वीकृत हुन ढिलाई भएकै कारण समयमै साधारण सभा गर्न नसकेको गुनासो गरेका छन् । लामो समयसमम्म प्राधिकरणमा फाइल अड्किदा साधारण सभा गर्न नसकेको बीमकहरुको भनाई छ ।  

प्राधिकरणले भने बीमकहरुको फाइल नअड्किएको दाबी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले बीमकहरुको वित्तीय विवरण ढिला पेश भएकै कारण साधारण सभा गर्न पनि ढिलाई भएको बताए ।  

‘बीमहरुको फाइल पेन्डिङमा राख्ने बीमा प्राधिकरणको कुनै मनसाय छैन’ उनले भने, ‘परार भन्दा पोहोर र पोहोर भन्दा यसपालि फाइलिङका कामहरु छिटो भइरहेको छ, अर्को वर्षसम्म सबै बीमकले सम्भवतः समयमै साधारण सभा सक्नेछन् ।’

जीवन बीमकहरुको तुलनामा बाहिरै एक्चुरी भ्यालुएस गर्नुपर्ने भएकाले वित्तीय विवरण पेश गर्न ढिलाई हुँदै आएको सुवेदीले बताए । ‘निर्जीवन बीमकहरुको एक्चुरी भ्यालुएसन हामी आफैं गर्छौैं तर जीवन बीमा कम्पनीहरुले बाहिर गर्नुपर्दा समय लम्बिएको हो’ उनले भने, ‘सम्भवः अर्को वर्षदेखि यो अवस्था पनि सुधार हुँदै जानेछ, बीमकहरुले समयमै एक्चुरी गराई साधारण सभा डाक्नेछन् ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.