बुधबार, असार ४,२०८२ 01:09:10
  • बुधबार, असार ४,२०८२ 01:09:10
Global IME Bank Limited

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित

Hyundai Nepal
स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष देवीदत्त ज्ञवालीको अध्यक्षतामा रुपन्देहीमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनलाई सभाले पारित गरेको छ ।  

संस्थाको प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा सभालाई जानकारी गराए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको चुक्तापूँजीको ५.२६३२ प्रतिशत  बोनसे सेयर  तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगदको  प्रस्ताव पारित गरेको छ ।  

त्यसैगरी, स्वतन्त्र संचालक तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संसञ्चालक पदमा जनक राज ढुङ्गानालाई मनोनयन गरेको सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ । संस्थाको बाहृय लेखापरिक्षकको रुपमा आव २०८१÷८२ को लागि प्रमोद पन्थी एण्ड एसोसिएटस्लाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।

तिलोत्तमा ५, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको हाल ७ वटा जिल्लाहरुमा ३६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । २०८१, चैत्र मसान्तसम्म संस्थामा ३४ हजार ६७९ जना ग्राहक सदस्य आबद्ध रहेका छन् भने १ हजार ७७६८ जना ऋणी रहेका छन् । संस्थाको यस अवधिसम्म लगानीमा रहेको कर्जा करिब २ अर्ब ७७ करोड ४ लाख रहेको छ भने ८३ करोड ७४ लाख ६६ हजार बचत संकलन गर्न सफल भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.