काठमाण्डौ । भारतले अमेरिकासँग दुई तिहाईले ट्यारिफ कटौती गर्न प्रस्ताव गरेको छ । भारतले हाल कायम रहेको करिब १३ प्रतिशत ट्यारिफलाई ४ प्रतिशतभन्दा तल झार्न प्रस्ताव गरेको हो ।
यसको अर्थ अमेरिका र भारतबीचको ट्यारिफको भिन्नता सबै वस्तुमा व्यापार आकारबिनै मापन गरिनेछ । अमेरिका भारतको प्रस्तावमा सहमत भए हालको ट्यारिफ ९ प्रतिशत विन्दुले घट्नेछ ।
दुवै देश ट्यारिफको विषयमा अन्तिम सम्झौताको अन्तिम चरणमा पुगेको जनाइएको छ । अमेरिका भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । सन् २०१९ मा दुई देशबीचको व्यापार १२९ बिलियन डलर पुगेको थियो । हालको व्यापार सन्तुलन भारतको पक्षमा रहेका छ । भारत हाल अमेरिकासँगको व्यापारमा ४५.७ बिलियन डलर बचतमा रहेको छ ।
बिहिबार ट्रम्पले बेलायतसँग पहिलो व्यापारिक सम्झौता भएको घोषणा गरेका थिए ।
गत महिना ट्रम्पले आफ्नो दीर्घकालिन पारस्परिक ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका थिए । उनले भारतलाई २६ प्रतिशत ट्यारिफ लगाएका थिए । यसबीचमा भारतलगायत अन्य थुप्रै देशहरुलाई १० प्रतिशत आधारभूत ट्यारिफ भने कायमै रहेको छ ।
बेलायतले सम्झौता गरेसँग अब भारत र जापान अमेरिकासँग व्यापारिक सम्झौता गर्ने चरणमा रहेका छन् ।