काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको ‘पिक अ फ करेज’ नामक अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरहरुको बारेमा जानकारी प्रदान गर्ने भएको छ ।
काठमाण्डौ । माउन्टेन ड्युले नेपालमा ‘पिक अफ करेज’ अभियान सुरु गरेको छ । नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरुको मर्मलाई उत्सवमय रुपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको पहिलो सांस्कृतिक अभियान भएको जनाइएको छ । नेपाल पर्यटन बोर्डद्वारा उत्प्रेरित र डिस्कभरी च्यानलद्वारा संसारभर पुर्याइने यस पहलले सगरमाथा बाहेकका अन्य नेपाली साहसिक शिखरहरुको बारेमा विश्वलाई चिनाउने छ ।
दशकौंदेखि नेपालको हिमाल आरोहणको कथा प्रसिद्ध हिम शिखरहरुमै केन्द्रित रहँदै आएको छ । यस अभियानले यो कथालाई चुनौति दिंदै नेपाल केवल सगरमाथाको घरमात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भुमि पनि हो भन्ने बलियो यथार्थलाई उजागर गर्ने जनाइएको छ ।
इमर्सिभ स्टोरी टेलिङ मार्फत माउन्टेन ड्युले मौसमी आरोहीहरु र नयाँ एडभेन्चरहरुलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरहरुको बारेमा जानकारी गराउनेछ र यसले परिचित सीमाभन्दा परका साहसहरुको खोज गर्नेछ ।
नेपाल पर्यटन बोर्डको सहयोगका साथ यस पहलले शेर्पाहरु, आरोहीका पथ प्रदर्शकहरु, र स्थानीय पर्यटन व्यवसायीहरुका लागि वास्तविक र दिगो अवसरहरुको सिर्जना गर्नेछ, जसले एडभेन्चरलाई वर्षभरीको आर्थिक कारोबारमा प्रभावमा परिवर्तन गर्ने विश्वास गरिएको छ । पेप्सीको इण्डियाका दक्षिण एशियका चिफ मार्केटिङ अफिसर तरुण भगतले भने, ‘सगरमाथाले लामो समयदेखि विश्वव्यापी रूपमा पर्वतारोहीहरूको चासो खिचेको छ । तर नेपालको पर्वतारोहणको कथा एउटा शिखर भन्दा धेरै टाढा छ ।अनगिन्ती चुचुराहरूको अन्वेषण हुन सकेको छैन, र त्यसरीनै ती चुचुराहरूमा आरोहण गर्ने साहसी पर्वतारोहीहरूको कथा पनि छ ।’