आईतवार, असार १,२०८२ 11:09:12
  • आईतवार, असार १,२०८२ 11:09:12
Global IME Bank Limited

सिईडिबी होल्डिङ्सको नाफा ३२७% ले बढ्यो, ईपीएस ४५.५१ रुपैयाँ

Hyundai Nepal
सिईडिबी  होल्डिङ्सको नाफा ३२७% ले बढ्यो, ईपीएस ४५.५१ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडको नाफा ३२७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२५.७९ प्रतिशतले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको जम्मा खर्च भने ३३.५६ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९८ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित नाफा ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ५७ करोड ९८ लाख रहेको थियो । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ६७ करोड १९ लाख र ७ करोड १२ लाख जम्मा चालु दायित्व रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४५.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १७१.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१५ गुणा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.