काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमतिको लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीलाई सूचीबाट हटाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी रहेका छन् ।
धितोपत्र बोर्डको उच्च स्रोतले दिएको जानकारीअनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । उक्त कम्पनीहरुले बोर्डको क्राइटएरिया पूरा गरेर पुनः आवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।
धितोपत्र बोर्ड स्रोतका अनुसार पाईपलाइनबाट हटेको कम्पनीमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी लगायत रहेका छन् ।
बोर्डले आईपीओ पाइपलाइनबाट हटाएका हाईड्रो कम्पनीहरुमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर ,बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर र झापा इनर्जी रहेका छन् ।