काठमाण्डौ नेपाल धितोपत्र बोर्ड(सेबोन)ले थप एक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले जेठ ९ गते हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
यससँगै कम्पनीले अब रु.१०० अंकित दरका ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एसशया क्यापिटल रहेको छ । कम्पनीको अनुमानित विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको छ ।