काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रभु क्यापिटल, नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय, बनेपा, माछापुृच्छ्रे,लगनखेल र तिलोत्तमा शाखा कार्यलय र प्रभु बैंकको विराटनगर, विरगञ्ज,पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार १ गते रहेको छ ।