काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गते काठमाण्डौको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।
समितिले एक विज्ञप्ती जारी गर्दै प्रधानमनत्री ओलीलाई यस्तो चुनौती दिएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाण्डौलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन निर्देशन दिएसँगै समितिले उनलाई यस्तो चेतावनी दिएको हो ।
समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ। राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजासरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूहबिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौती दिन चाहन्छौँ।’