सोमबार, जेष्ठ ४,२०८३ 04:34:26
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:34:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गभर्नर पोडेलविरुद्ध परेको रिट हेर्न नभ्याइने

Laxmi Sunrise Bank Limited
गभर्नर पोडेलविरुद्ध परेको रिट हेर्न नभ्याइने
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा परेको छ । पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको हो ।

मंगलबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित पौडेलको नियुक्ति बदर गर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको थियो ।  

Bizshala
New Office
CG Motors

पौडेलकोे नियुक्तिविरुद्ध गत जेठ १२ गते अधिवक्ताहरु विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले पौडेल राजनीतिक स्वार्थ भएको व्यक्ति भएकाले गैरकानूनी रुपमा ऐनको बर्खिलाफ गएर गभर्नर नियुक्त गरिएको दाबी गरेका थिए । उक्त रिटमाथि जेठ १४ गते सर्वोच्च अदालतलको कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

निवेदनमा गभर्नर पौडेलले राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक,वाणिज्य र बैंकिङ क्षेत्रको उपाधी हासिल गरेको नभई ग्रामीण विकास अर्थशास्त्रको योग्यता हासिल गरेको उल्लेख गरिएको छ । यस्तै सिफारिस समितिको व्यक्तिले राजीनामा गरेर निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्त गरिएको आधारसमेत पेश गरिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.