काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न आजै अनुमति प्रदान गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले वैदेशिक रोजगारमा गएकाहरु र सर्वसाधारण गरी कुल दुई चरणमा आइपीओ जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।