काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ ।
कम्पनीले दोर्देी खोलाको १६ लाख ४४ हजार ८८८ कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका २०७८ को दफा ११ अन्गर्त सर्वसाधारणलाई सूचित गरिएको जनाएको छ ।