मंगलवार, असार १६,२०८३ 11:02:59
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:02:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुभिङ एभरेजमा ‘डेथ क्रस’ बनेको बजारको आगामी यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
मुभिङ एभरेजमा ‘डेथ क्रस’ बनेको बजारको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि बजारमा ४ दिननै   कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै सामान्य अंकले बढ्यो ।  

अघिल्लो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६४०.९६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ५२.१ अंकले घट्यो । अघिल्लो साता भने ४.५१ अंकले मात्रै बजार बढेको थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा २९ अर्ब ४ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता  भने ३० अर्ब ३० करोडबराबरको सेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४३ खर्ब ९९ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकारण ४४ खर्ब ८३ अर्ब थियो । यस हिसाबले यो साता बजार घट्दा  लगानीकर्ताहरुको सम्पत्ति ८४ अर्बले घट्यो ।  

New Office
CG Motors
Garima Development Bank

प्राविधिक पक्षः  

सिमेट्रिकल प्याटर्न  

सिमेट्रिकल प्याटर्न भनेको मूल्य रेखाहरुमा दुईवटा ट्रेन्डलाइनलाई जोड्दा बनेको त्रिभुजलाई बुझिन्छ । पछिल्लो एक वर्षको सेयर बजार यही त्रिभुज आकारभित्र चलेको दखिन्छ । विगत एक वर्षदेखिको बजारको मूल्य रेखाले यो लाइनलाई माथि ब्रेक गर्न पनि सकेको छैन । त्यसैगरि, तल ब्रेक डाउन पनि गर्न नसकेको अबस्था देखिन्छ ।  

यसकारण हालको बजार साइडवेजमा चलेको देखिन्छ । प्राविधिक रुपमा अहिलेको बजारले २७६० विन्दुभन्दा माथि ब्रेक नगरेसम्म बुलिस भन्न सकिने अबस्था छैन भने २६ सय विन्दुभन्दा तल नखसेसम्म अल्पकालको लागि भए पनि बियरिस गयो भन्न सक्ने अबस्था पनि देखिदैन ।  

साप्ताहिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो साता डोजी क्याण्डल बनेको थियो । जुन चरम अनिर्णयको क्याण्डल हो । तर यो साता बियरिस मारुबुजु क्याण्डल बनका कारण आगामी दिनहरुमा बजारको माथिको भन्दा तलको सम्भावना अधिक रहेको देखिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुभिङ एभरेज  

मुभिङ एभरेजको आधारमा यो साताको बजार ५० दिने र २०० दिने मुभिङ रेखामा बियरिस क्रसओभर बनेको छ । अर्थात ५० दिने मुभिङ एभरेज रेखाले २०० दिने मुभिङ एभरेज रेखालाई माथिबाट काटेको छ । जसलाई  डेथ क्रसओभर पनि भनिन्छ । यसले सम्भावित रुपमा बजारमा बिक्री दबाब परेको बुझिन्छ । यदि ५० दिने रेखाले २०० दिने रेखालाई तलबाट काटेको खण्डमा गोल्डेन क्रस भएको मानिन्थ्यो । त्यस्तो अबस्थामा बजारले अप ट्रेन्ड लिने सम्भावना रहन्छ ।  

सुपर ट्रेन्डको आधारमा  

सुपर ट्रेन्डको आधारमा पनि बजारमा बिक्री दबाब नै चलेको देखिन्छ । मूल्य रेखाहरु सुपर ट्रेन्डलाइन भन्दा तल–तल चलेको देखिन्छ । यस आधारमा यदि बजार २७०५ विन्दुभन्दा माथि नगएसम्म बियरिस नै रहेको मानिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९४१

प्रतिरोध २ – २८५६

प्रतिरोध १–  २७७४

पिभट् प्वइन्टः २६८९

घटेमा सपोर्ट 

सपोर्ट १– २६०८

सपोर्ट २– २५२३

सपोर्ट  ३ –२४४१

निष्कर्षः यो साता नेप्से ५२.१ अंकले घट्यो । अघिल्लो साता भने बजार ४.५१ अंकले बढेको थियो  ।  प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा आघिल्लो साता डोजी स्टार बनेको थियो । तर यो साता भने बियरिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ ।  

पिभट् मार्फत नियाल्दा यो साता बजार पिभट् प्वइन्ट २६८९ विन्दुभन्दा तल बन्द भएको छ । विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजारमा बिक्री दबाब परेको देखिन्छ । कारोबार तथा भोल्युमबाट हेर्दा अघिल्लो साता जत्तिकै कारोबार भएको छ । क्षेत्रगत रुपमा हेर्दा यो साता म्युचुअल फण्ड बाहेकका सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.