काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असार १६ गते धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिको अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गरिनेछ । कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।