काठमाण्डौ । भारतको अहमदाबाद विमान दुर्घटनामा बाच्न सफल एक मात्र यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्ने विश्वास गर्न नसक्ने बताएका छन् । हिजो अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको विमानमा कुल २४२ जना सवार थिए, जसमध्ये २४१ जनाको मृत्यु भएको छ ।
यस दुर्घटनामा बेलायती नागरिक विश्वास कुमार रमेश मात्र बाँचेका यात्रु हुन्। उनी लन्डनका लागि बोइङ ७८७ को सिट ११ ए मा बसेका थिए ।
उनले भने, ‘म कसरी बाँचेँ भन्ने मलाई अझै पत्यार लाग्दैन। सुरुमा त म मर्छु जस्तो लाग्यो। मैले आँखा खोले, सिट बेल्ट खोलेर विमानबाट बाहिर निस्कने प्रयास गरें।’
आफू बसेको विमानको छेउ होस्टेलको भवनमा नपरेको र भुइँ तल्ला नजिकै रहेको रमेशले बताए । ‘मेरो ढोका भाँचिएको थियो र मैले एउटा सानो ढोका देखेँ। मैले विमानबाट बाहिर निस्कने प्रयास गरें,’ उनले भने। रमेशले आफ्नो आँखा अगाडि विमानका चालक दल र यात्रुहरू मरेको देखेको बताए। उनको देब्रे हातमा पोलेको दाग रहेको र तत्काल एम्बुलेन्समा अस्पताल लगिएको समेत उनले सुनाए ।
शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले रमेशलाई भेटेका थिए ।