सोमबार, असार २,२०८२ 02:22:30
  • सोमबार, असार २,२०८२ 02:22:30
Global IME Bank Limited

रिलायबल नेपाल लाइफको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

Hyundai Nepal
रिलायबल नेपाल लाइफको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ८ औँ वार्षिक साधारण सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा कम्पनीले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मेर्चेन्ट क्यापिटलको समेत गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।  

लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.