काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त भएको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।
लक इन अवधि खुलेको कुल सेयरमा ८४ लाख ७३ हजार ५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ११ लाख २९ हजार ८ सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ७८८ कित्ता रहेको छ ।
संस्थापक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।