काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार २४ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आयोजनाका लागि सहवित्तीयकरणमा थप कर्जा लिने,सञ्चालक समितिको चयन गर्ने र सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछन् ।
यस्तै सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।