मंगलवार, असार ३,२०८२ 06:33:15
  • मंगलवार, असार ३,२०८२ 06:33:15
Global IME Bank Limited

एनसेल फाउन्डेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न

Hyundai Nepal
एनसेल फाउन्डेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामुलक कार्यक्रम आइसिटी ज्ञान सुरू भएको थियो ।  

सातै प्रदेशका विभिन्न ठाउँमा आयोजना भएको कार्यक्रममा डिजिटल साक्षरता कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विज्ञ, स्थानीय लगायत २ हजार बढीको सहभागीता रहेको थियो ।  

कार्यक्रम कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, बागमतीको दोलाखा, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आइसिटी ज्ञान सञ्चालन भएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा ओटीपी कोड सेयर गर्नु नहुने, जुन पायो, त्यही मोबाइल एप चलाउन नहुने, वेबसाइट आधिकारिक हो कि होइन एकिन गर्नुपर्ने, कसैले भनेको वा सोधेको आधारमा आफ्नो विवरण सेयर नगर्ने, फ्री वाईफाई प्रयोग गरेर डिजिटल कारोबार नगर्ने, विशेष क्यारेक्टरको प्रयोग गरेर सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, बेला बेला पासवर्ड परिवर्तन गर्ने, अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने विवरण सामाजिक सञ्जालमा शेयर नगर्ने, आफ्नो नामको मोबाइल नम्बर प्रयोग गर्ने जस्ता साक्षरता प्रदान गरिएको थियो ।  

साक्षरता कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूले पनि अझै धेरै ठाउँमा यस्ता डिजिटल साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।

प्रविधिको विकास र विस्तारसँगै डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिटी ज्ञान सुरू गरिएको थियो ।  

सुगमदेखि गाउँगाउँसम्म डिजिटल साक्षरता फैलाउन प्रदेशस्तरीय कार्यक्रमको रूपमा आयोजना भएको आइसिटी ज्ञानमा साइबर सुरक्षा, डिजिटल टुल, विद्युतीय सुशासन, वित्तीय प्रविधि जस्ता विषयमा विषय विज्ञले साक्षरता प्रदान गरेका थिए भने त्यसको बारेमा अभ्यास समेत गराइएको थियो ।  

आइसिटी ज्ञान कार्यक्रमले डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.