काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै इच्छुक संस्था तथा व्यक्तिहरुलाई आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव पठाउन आग्रह गरेको हो ।
यस्तो सुझाव यही असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना fsrrt@nrb.org.np मार्फत पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ । देहायका विषयमा सुझाव पठाउनु पर्नेछः
१. बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा
२. आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा
३. ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा
४. बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका ( merger and post- merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा
५. नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा
६. पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा