काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिन स्वकीृत प्रदान गरेको छ । यी दुवै कम्पनी गाभिएर अब ‘आईएमई खल्ती लिमिटेड’ कायम हुनेछ ।
दुवै कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेदेखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुनेछ ।