काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २९ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।