काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २४ गते विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा होटलकै सभाकक्षमा बिहान ९ बजे आयोजना हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ ।