सोमबार, मंसिर १५,२०८२ 09:40:15
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:40:15
Bizshala
Global IME Bank Limited

राईजिङ हाइड्रोको आईपीओ निष्काशनका लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त

Hyundai Nepal
राईजिङ हाइड्रोको आईपीओ निष्काशनका लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ हाइड्रोपावर लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन(आईपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । 

एक कार्यक्रमका बिच राईजिङ हाइड्रोपावरका तर्फबाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संस्थागत परामर्श सेवा सहित आवश्यक पूँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो ।

CG Motors
Garima Development Bank
IME remit

राइजिङ हाइड्रोपावर कम्पनी नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित एक अग्रणी संस्था हो । कम्पनीको स्थापना २०६२ साल फागुन २२ गते भएको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गीगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ । यस आयोजनाको कमर्सियल अपरेशन डेट(सीओडी) २०८१ भदौ २ गते रहेको छ ।

२०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाईड्रो होल्डिङ लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरेको छ । 

आव २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्काशन गरी रु. ४० करोड चुक्तापूँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले अन्य विभिन्न पाँचवटा जलविद्युत् कम्पनीहरुमा लगानी प्रर्वधन गर्ने समेत लक्ष्य रहेको जानकारी गराएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.