बुधबार, असार १८,२०८२ 02:10:10
  • बुधबार, असार १८,२०८२ 02:10:10
Global IME Bank Limited

स्मार्टफोन ‘शाओमी १४टी’ को मूल्य घट्यो, अब कति?

Hyundai Nepal
स्मार्टफोन ‘शाओमी १४टी’ को मूल्य घट्यो, अब कति?
Nabil Bank Limited

काठमाण्डौ । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४ टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको कम्पनीले जनाएको छ ।  

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, ‘शाओमी १४ टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

मुख्य विशेषताहरूः

–लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४ के भिडियो खिच्न सकिने क्षमता मिडिया टेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५ एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।

–१४४ हर्ज एमोलेड डिस्प्ले ः ६.६७ इन्चको स्क्रिन, १.५ के रिजोल्युसन र एचडिआर १० प्लस सपोर्ट, स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरण समेत भएको

–छोटो समयमाचार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री,पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको  

नयाँ मूल्य(१२ जिबी प्लस ५१२ जिबी)ःअघिल्लो मूल्यः रु. ६४ हजार ९९९ घटाएपछिको नयाँ मूल्य ः रु. ५९ हजार ९९९

शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ ।

उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको कम्पनीको भनाई छ ।

यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.