शुक्रबार, असार २७,२०८२ 05:52:44
  • शुक्रबार, असार २७,२०८२ 05:52:44
Global IME Bank Limited

स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Hyundai Nepal
स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको हो ।  

संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जसमध्ये  ०.५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर, कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कर्मचारी, सामूहिक लगानी कोष तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याएको सेयर बिक्री नभएमा सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा थप गरी निष्कासन गरिने संस्थाले जनाएको छ ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका लागि सेयर जारी गरिसकेपछि संस्थाले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

संस्थाले दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.