आईतवार, जेष्ठ ३,२०८३ 01:07:46
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:07:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मौद्रिक नीति आज दिउँसो सार्वजनिक हुँदै, अर्थतन्त्रलाई दौडाउन महत्वपूर्ण घोषणा हुँदै

Laxmi Sunrise Bank Limited
मौद्रिक नीति आज दिउँसो सार्वजनिक हुँदै, अर्थतन्त्रलाई दौडाउन महत्वपूर्ण घोषणा हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।  

उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्रबैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रबैंकका एक सञ्चालकले बिजशालालाई जानकारी दिए । 

Bizshala
New Office
CG Motors

उनकाअनुसार सुस्त बनेको अर्थतन्त्रमा प्राण भर्ने उद्देश्यले मौद्रिक नीतिमा धेरै सुधारका घोषणाहरु हुनेछन् । ऋणिहरुलाई राहातदेखि लिएर बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिएको पूँजीको सही परिचालनको बाटो खोल्ने, रियल स्टेटलाई चलायमान बनाउने, पूँजीबजारलाई थप गतिशील बनाउने, बैंक तथा वित्तीय संस्थाहरुको बिग्रँदो बुकलाई सुधार्ने लगायतका थुप्रै अजेण्डा समेटिएका छन् ।  

नयाँ बैंकको लाइसेन्स खुल्ला गर्नेदेखि लिएर सेयरधितो कर्जाको सीमा खुकुलो बनाउने, बैंक तथा वित्तीय संस्थाहरुले पूँजीबजारमा गर्ने लगानीका कतिपय अप्ठ्यारा व्यवस्थाहरुलाई खुकुलो बनाउने गरी मौद्रिक नीति तयार भएको छ ।  

'उच्च व्यवस्थापनबाट पारित भएको मौद्रिक नीतिमा सञ्चालकहरुले धेरै हेरफेर गरेनन् भने पूँजीबजार बुलिस हुने प्रशस्त कारण र आधारहरुसहितको नीति सार्वजनिक हुँदैछ ।' उच्च स्रोतले भन्यो-'नयाँ गभर्नर प्रा.डा. विश्व पौडेलले केन्द्रीय बैंकको नयाँ भवनबाट डिजीटल प्ल्याटफर्मको प्रयोग गरी मौद्रिक नीति सार्वजनिक गर्दैछन्। लगत्तै सोही विषयमा पत्रकार सम्मेलन समेत आयोजना गरिएको छ ।' 

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्रबैंकको गभर्नर बनेका प्रा.डा. विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनी गभर्नर नियुक्त हुँदै गर्दा नै सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार वित्त नीतिसँग तारतम्य मिलाएर बजेटको लयमा ताल मिलाउने गरी मौद्रिक नीति उनले तयार गरेका हुन् ।

देशको अर्थतन्त्रलाई सुस्ततातर्फ धकेल्ने प्रमुख कारक मानिएको रियल स्टेट, पूँजीबजार, चालुपूँजी कर्जा लगायतका विषयहरुमा निकै नै सहज र खुकुलो नीति आउँदैछ । कतिपय पोलिसी दरहरु पनि परिवर्तन हुँदैछन् । समग्रमा बजारमा माग सिर्जना गरी ऋण प्रवाहको गतिलाई ह्वात्तै बढाउने, आर्थिक चहलपहलमा टेवा दिने उद्देश्यले मौद्रिक नीति तयार भएको र सोहीअनुसारका नयाँ व्यवस्थासहितका महत्वपूर्ण घोषणा हुन लागेका केन्द्रीय बैंक स्रोतले जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.