काठमाण्डौ । नेपाल सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएका निकायले वित्तीय स्रोत जुटाउन जारी गर्ने डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यस्ता बताएका हुन् ।