शुक्रबार, असार २७,२०८२ 11:08:58
  • शुक्रबार, असार २७,२०८२ 11:08:58
Global IME Bank Limited

मौद्रिक नीतिमा अटो व्यवसायीको कुनैपनि सुझाव सम्बोधन नभएको नाडाको गुनासो

Hyundai Nepal
मौद्रिक नीतिमा अटो व्यवसायीको कुनैपनि सुझाव सम्बोधन नभएको नाडाको गुनासो
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)ले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौदिक नीतिले अटो व्यवसायीको कुनैपनि माग सम्बोधन नगरेको बताएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको सम्बन्धमा नाडाको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  

विज्ञप्तीमा मौद्रिक नीति अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको उल्लेख छ । ‘सो मोद्रीक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र होइन कहिकतै सम्बोधनसमेत गरिएको छैन । सुधार गरिनु पर्ने अटोमोवाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरुलाई अहिले पनि यथावतै राखिएको छ । सवारी साधनहरुको आयातको सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था गरिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ, ‘लक्जरी, हेवि सेगमेण्ट र उच्चप्रविधिका सवारी साधनहरुको सम्बन्धमा पुरानै नीतिहरुलाई कायम राखिएको छ ।’  

अघिल्ला वर्षहरूमा जस्तै विद्युतिय सवारी साधनका लागि भन्सार तथा कर छुट कायम राखिएको भएपनि अन्य महत्वपूर्ण क्षेत्रहरू—जस्तै सवारी ऋण, आयात प्रक्रिया, र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार नगरिएको नाडाले गुनासो गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपि, मौद्रिक नीतिले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन दिन खोजेको र ग्रिन फाइनान्स र दिगो यातायात पूर्वाधारको विकासलाई प्रवद्र्धन गर्न खाजेको नाडाले जनाएको छ । त

विज्ञप्तीमा भनिएको छ, ‘तर, विद्युतिय सवारी साधनका लागि प्रत्यक्ष रुपमा कर्जा प्रवाहलाई प्राथमिकता दिइएको छैन;यसलाई केवल ग्रिन अग्रसरताको रुपमा मात्र लिइएकोे छ । मौद्रिक नीतिले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृत दिने नीतिगत एवं प्रकृयागत व्यवस्था फिट एण्ड प्रोपर टेस्ट कर्जाको व्याजदर गणना, सेवाशुल्क लगायतका विषयहरुलाई समेटी उक्त नियमाकिय व्यवस्थामा आवश्यक संशोधन गरिने भनिएको छ , जुन सकारात्मक छ ।’  

सवारी ऋणको सन्दर्भमा, विशेषगरी इन्धनबाट चल्ने तथा लग्जरी सवारी साधनहरूका लागि लोन टु भ्यालुको प्रावधानमा अझै पनि कडाइ गरिएका भएको नाडाको धारण छ । व्यक्तिगत सवारी ऋणका लागि दिइने कर्जा प्रावधानहरूमा कुनै संशोधन नगरिएकाले यसले अनुदारनीतिलाई नै निरन्तरता दिएको संकेत गरेको नाडाको ठहर छ ।  

हालैका बाढी तथा सीमासम्बन्धी अवरोधहरूले वाधा पुर्याएको स्वीकारिएको भएपनि, सवारी साधनहरुको आयातलाई सहज बनाउने सम्बन्धमा कुनै नयाँ उपायहरू नीतिमा समावेश नगरिएकोप्रति समेत नाडाले ध्यानाकर्षण  गराएको छ । यद्यपी नेपाल राष्ट्र बैंकले सम्बन्धित मन्त्रालय र भन्सार विन्दुहरुमा समन्वय गर्ने इच्छा देखाएपनि, ठोस कार्यान्वयनका लागि कुनै पहल नगरेको नाडाले बताएको छ ।  

‘मौद्रिक नीतिमा अटामोवाइल क्षेत्रको उत्थानका लागि कुनै विशेष रोडम्याप अथवा सुधारका कार्यक्रमहरु तय गरिएका छैनन् । उत्पादनमुखी क्षेत्रलाई सामान्य प्राथमिकता दिइएको भए पनि अटोमोवाइल क्षेत्रलाई स्पष्ट रूपमा नीतिगत रूपमा प्राथमिकतामा राखिएको देखिदैन । हाम्रो विश्वास छ कि विद्युतिय इकोसिष्टमको प्रवद्र्धन, रोजगारी सिर्जना र देशको औद्योगिकीकरणमा अटोमोवाइल क्षेत्रको योगदानलाई पहिचान गर्दै यस क्षेत्रको वृद्धिका लागि स्पष्ट नीति र सहयोग अपरिहार्य छ, विज्ञप्तीमा भनिएको छ,‘ यस सन्दर्भमा, अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक स्वीकार गरी, नीतिगत सहजीकरणका लागि तत्काल कदम चाल्न सरकारसंग जोडदार माग गर्दछौ ।’

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.