काठमाण्डौ । हुलास इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३३.५६ रुपैयाँ थप गरी कुल ३३३.५६ रुपैयाँमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
कम्पनीले १ अर्ब १८ करोड ३२ लाख रुपैयाँबराबरको कुल ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ निष्कासनको लागि असार २४ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ ।