काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड ३ लाख १२ हजार ३०० कित्ता पुगेको छ ।
उक्त सूचीकृत हकप्रद सेयर लगानीकर्ताहरुले भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।