काठमाण्डौ। नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको करिब ३ लाख कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो ।
कम्पनीको संस्थापकतर्फको कुल २ लाख ९९ हजार ५०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले लिलामीमार्फत बिक्री गरेको झण्डै ३ लाख कित्ता हकप्रद सेयर सूचीकृतपश्चात् अब नेप्सेमा यो कम्पनीको सूचीकृत सेयर संख्या ८३ लाख ८९ हजार ४३९ कित्ता पुगेको छ ।