बिहीबार, असार १८,२०८३ 12:28:57
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:28:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थबीच नगदरहित सेवा सम्झौता

Laxmi Sunrise Bank Limited
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थबीच नगदरहित सेवा सम्झौता

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन(पी) लिमिटेड–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज अफ हेल्थका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन(पी) लिमिटेड–फ्रन्टलाइन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाइजेशन) सुविधा प्राप्त गर्न सकिने छ ।  

New Office
CG Motors
Garima Development Bank

साथै, सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन(पी) लिमिटेड–फ्रन्टलाइन हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने भएकाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।  

सोही अवसरमा क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको बताए । कम्पनीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.