मंगलवार, असार ३१,२०८२ 10:07:59
  • मंगलवार, असार ३१,२०८२ 10:07:59
Global IME Bank Limited

जलविद्युत कम्पनीहरुको आईपीओ रोकिनु हुँदैन : देउवा

Hyundai Nepal
जलविद्युत कम्पनीहरुको आईपीओ रोकिनु हुँदैन : देउवा
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया रोकिन नहुने बताएका छन् । देउवाले आज काठमाण्डौमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

Muktinath Bikas Bank Limited

देउवाले आफूले जलविद्युत कम्पनीहरुको सेयर निष्कासन रोकिएको कुरा सुनेको बताउँदै धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने विश्वास व्यक्त गरे । ‘ सेयर निष्कासन प्रक्रिया  रोक्नुहुँदैन भन्ने मान्यता छ। ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र प्रकृतिले दिएको सम्पत्ति हो। ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ। ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ,’ उनले भने ।  

यस्तै उक्त अवसरमा उनले जलविद्युत क्षेत्रमा सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । लगानीकर्तालाई दुःख दिन नहुने भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु पर्ने बताए ।   

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.