बुधबार, श्रावण ६,२०८३ 10:25:50
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:25:50
Bizshala
Global IME Bank Limited

दुर्घटना हुनबाट जोगियो एयर इण्डियाको विमान

दुर्घटना हुनबाट जोगियो एयर इण्डियाको विमान
New Office

काठमाण्डौ । एयर इण्डियाको विमान दुर्घटना हुनबाट जोगिएको छ । सोमबार भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल विमानस्थलमा केरेलाको कोच्चि विमानस्थलबाट मुम्बई आएको एयर इण्डियाको फ्लाइट एआई–२७४४ विमान अवतरणपश्चात रनवेमा चिप्लिएको हो ।  

यो घटना आज बिहान साढे ९ बजेतिरको हो । विमानले रनवे २७ मा अवतरण गरेको थियो तर गति कम गर्ने समयमा विमान रनवेमा टिक्न भने सकेन । भारी वर्षाका कारण विमान रनवेमा चिप्लिएको जनाइएको छ । उक्त अवसरमा विमानमा सवार कुनैपनि यात्रुलाई चोटपटक वा हताहत नभएको भारतीय मिडियाले बताएका छन् ।  

विमान रनवेबाट चिप्लिएर ट्याक्सी पार्किङ स्ट्याण्डमा पुगेको थियो । यस क्रममा विमानमा केही सामान्य क्षति पुगेको तस्बिरहरु समेत सार्वजनिक भएका छन् ।  

यो घटनाको बारेमा जाँचबुझ भईरहेको जनाइएको छ । टाइम्स अफ इण्डियाका अनुसार रनवेबाट अवतरण गर्ने क्रममा एयर इन्डियाको यो विमानको तीनवटा टायर पनि फुटेको थियो। जबकि, फर्स्टपोस्टको रिपोर्टमा ुभग्नावशेष तानेका कारण इन्जिनमा क्षति पुगेको हुनसक्ने उल्लेख छ।

तर, यसको आधिकारिक पुष्टि हुन बाँकी छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.