काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १९२.८३ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २८५.६५ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।