शनिबार, श्रावण १७,२०८२ 07:10:55
  • शनिबार, श्रावण १७,२०८२ 07:10:55
Global IME Bank Limited

लगातार ४ साता बढेको बजारमा लाग्यो ब्रेक, के बुल सकिएकै हो त ?

Hyundai Nepal
लगातार ४ साता बढेको बजारमा लाग्यो ब्रेक, के बुल सकिएकै हो त ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो ।  

अघिल्लो साता २ हजार ९८२.६४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९२२.६३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ६०.०१ अंकले घट्यो । अघिल्लो साता नेप्से ११२ अंकले बढेको थियो ।  

यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा ९६ अर्ब ८९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ९५ अर्ब ९४ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार बढ्यो तर सूचकमा भने गिरावट आयो । यो साता बजार घट्दा बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब १ अर्बले घट्यो ।  

प्राविधिक पक्ष  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

Muktinath Bikas Bank Limited

हालको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन माइनर डिग्रीको वेभ ४ नै हो । पछिल्लो पटक असार १५ देखि करिब २६ सय विन्दुबाट सुरु भएको एउटा बजारको गति यो साता ३ हजार २८ को विन्दुसम्म पुगेर तेस्रो वेभ सकियो ।  

त्यसपछि यो साताको अन्तिम कारोबारमा बजारले चौंथो वेभको करेक्सन सुरु गरेको देखिन्छ । इलिअट वेभको सिद्धान्तअनुसार चौंथो वेभ ३८ देखि ५० प्रतिशतसम्म करेक्सन हुन्छ भन्ने सिद्धान्तको आधारमा आगामी साता बजारले २८५० देखि २८९० विन्दुसम्मको कुनै पनि विन्दुमा सपोर्ट लिन सक्छ । त्यसपछि बजारमा पाँचौ वेभको यात्रा तय हुन सक्नेछ । जुन एक्सटेन्डेड फाइब वेभले बजारले अगष्ट महिनाभरमा नयाँ उचाइ लिन सक्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजारले अपर ब्याण्डलाइ छोडेर मध्य ब्याण्डतर्फ आकषित भएको छ । म्याक्डीबाट नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ८० को तहबाट खसेर हाल ६३ को विन्दुमा चलेको देखिन्छ । समग्रमा बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा अल्पकालिन करेक्सन हुँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१६६

प्रतिरोध २ – ३०७९

प्रतिरोध १–  ३०३०

पिभट् प्वइन्टः २९४४

घटेमा सपोर्ट

सपोर्ट १– २८९५

सपोर्ट २– २८०८

सपोर्ट  ३ –२७६०

निष्कर्षः यो साताको पाँच कारोबारमा नेप्से ६० अंकले घट्यो । अघिल्लो साता भने बजार ११२.०१ अंकले बढेको थियो । पछिल्लो समय नेप्सेमा २६ सय विन्दुबाट लगातार ४ सातासम्म सुधार आएको थियो । तर यो साता भने नेप्सेको बढोत्तरीमा ब्रेक लागेको छ ।  

साप्ताहिक रुपमा यो साता नेप्सेमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । पिभट् मार्फत नियाल्दा यो साताको बजार पिभट् प्वइन्टभन्दा तल खसेर बन्द भएको छ । त्यसैगरि, बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा वियरिस चेञ्ज अफ क्यारेक्टर तथा ब्रेक अप स्टक्चर बनाइ हालेको अबस्था छैन ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा पनि २० दिने मुभिङ एभरेज रेखा भन्दा माथि नै रहेको छ । इलिअट वेभबाट नियाल्दा चौंथो वेभको करेक्सन चल्दै गरेको देखिन्छ । आगामी कारोबारहरुमा पाँचौ वेभको बढोत्तरीले बजारले थप उचाई लिन सक्ने सम्भावना रहन्छ ।  

यस हिसाबले हेर्दा यो साताको बजारमा एउटा बुलभित्रको करेक्नस चलेको र बुल सकियो भन्न अहिले नै हतार पनि हुनसक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.