बुधबार, श्रावण २१,२०८२ 10:15:16
  • बुधबार, श्रावण २१,२०८२ 10:15:16
Global IME Bank Limited

स्वाभिमान लघुवित्तको नाफामा ८१९.०४% को उछाल, लाभांश क्षमता ३९.३२%

Hyundai Nepal
स्वाभिमान लघुवित्तको नाफामा ८१९.०४% को उछाल, लाभांश क्षमता ३९.३२%
Shivam Cement

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१९.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७८ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २० करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २४ करोड ६८ लाख र सञ्चालन मुनाफा १० करोड ९४ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

संस्थाको रिटेन्ड अर्निङको आकार २ करोड ६ लाखबाट बढेर ६ करोड ३ लाख रुपैयाँ पुगेको छ । रिजर्भको कोषको आकार ४ करोड ८५ लाखबाट बढेर ७ करोड ३५ लाख पुगेको छ ।    

संस्था खराब कर्जा अनुपात उल्लेख्य मात्रामा घटाउन सफल भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ७.३५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड १० लाख रुपैयाँले रिभर्सल भएको छ ।  

यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३९.३२ रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४७.१५ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १८७.२७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३४.९० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.६८ गुणा र तरलता अनुपात ११.८१ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.