मंगलवार, जेष्ठ ५,२०८३ 12:28:44
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:28:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

Laxmi Sunrise Bank Limited
क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
Shivam Cement

काठमाण्डौ । लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाण्डौको भृकुटीमण्डपमा जा्री नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो।यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ। भ्यानको मूल्य क्रमशः५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन्। साथै, व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

Bizshala
New Office
CG Motors

प्रमुख विशेषता र प्राविधिक विवरणः

यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ ।  जसले एकपटकको फुल चार्जमा ३०० किलोमिटर भन्दा बढी रेन्ज प्रदान गर्दछ। दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेड÷पीक टर्क र ५०/८० किलोवाटको रेटेड÷पीक पावर उत्पादन गर्दछ।

क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ।अगाडी डिस्क र पछाडी ड्रमब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टि फिचर पाउन सकिन्छ।

एलएक्सजी मोटर्सका सेल्स एण्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले दिगो यातायातप्रति समूहको प्रतिबद्धतामा जोड दिए। कार्यक्रममा बोल्दै उनले भने ‘क्यारी ईभीको सुरुवातले हरित नेपालको लागि हाम्रो दूरदृष्टिमा महत्वपूर्ण भूमिका खेल्नेछ।यी गाडीहरूले परम्परागत इन्धनमा आधारित भ्यानहरूको तुलनामा भरपर्दो, लागत–प्रभावी र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन्। चाहे व्यावसायिक सञ्चालन होस् वा सुरक्षित स्कुल यातायात, यी गाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी ढुक्क छौ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.