आईतवार, जेष्ठ ३,२०८३ 05:38:28
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:38:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट सम्मानित

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट सम्मानित
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘सानिमा रिलायन्स ब्राभोएनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्। 

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू,प्रदेश प्रमुख,विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू,एरिया म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टम र सर्भिस एक्जुकेटिभहरुको सहभागिता पोखराको एक होटेलमा कार्यक्रम सम्पन्न गरिएको थियो।

Bizshala
New Office
CG Motors

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले गत वर्ष आव मा ७०० करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनुपर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए।कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्दभित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे। साथै, कम्पनीले लिएको यस वर्ष लक्ष्य प्राप्तिको लागि कार्ययोजनासहित काम गर्नको लागि निर्देशन दिए।

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुख , मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुलाई सम्मानित गरिएको थियो। 

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमालेखहरुमार्फत ग्राहक सङ्ख्या विस्तार गरिने बताए भने नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाईमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए।कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.