काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा ३६२.५२ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्यपी कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी ८.३४ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ९३ लाख आम्दानी गरेको छ । कम्पनीले लगानी बिक्रीबापत ८ करोड १२ लाख आम्दानी गरेकाले नाफामा सुधार आएको हो । यस्तै कम्पनीले १ करोड ६१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । जुन रकम अघिल्लो आवमा ५ लाख ३८ हजारमा सीमित थियो ।
अघिल्लो आवमा १५ करोड ४२ लाख रहेको कम्पनीको कुल खर्च घटेर १३ करोड १९ लाखमा सीमित बनेको छ । ७० करोड चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८० करोड ९७ लाख र कुल चालु दायित्व ३६ करोड ३४ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा ३.११ रुपैयाँ रहेको ईपीएस बढेर १४.३६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ९३.८० रुपैयाँबाट बढेर १०९.०३ रुपैयाँ पुगेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा र तरलता अनुपात २.२३ प्रतिशत कायम भएको छ ।